top of page

दुइ जोडी डिभोर्सको १० वर्ष पछि?

☘️सन्तोष र उमा ले डिभोर्स गरेको १० बर्षपछी 🤔

एउटा बिबाहमा दुई जनाको भेट भयो। सन्तोष ले उमालाई एक्लै देखेपछि उ उनको नजिक गएर खाली कुर्सीमा बस्यो।

धेरै बेरसम्म दुई जनाले एकअर्कालाई हेरे तर नदेखेझै बेवास्ता गरे। दुई जनाले आठ बर्षसम्म सँगै बिताएका थिए। उनीहरु दुइमा झगडा भन्दा केही मीठो यादहरु पनि दुइमा बसेको थियोे। अन्तमा सन्तोष ले नै कुरा गर्न थाल्यो: " तिम्रो हालखबर के छ?"


उमाले घमण्डका साथ भनिन: "एकदम ठिक छ। दोस्रो बिबाह गरेको पनि आठ बर्ष भइसक्यो। दुई बच्चा पनि छन्।"


सन्तोष ले ध्यान दिएर उनको अनुहारमा हेर्यो। उमा सन्तोष सँग हुँदा भन्दा धेरै दुब्ली पातली भाकी थि। अनुहारमा केही पनि रौनक थिएन। न नै शरीरमा महंगो कपडा, गहर गहना नै थिए। सन्तोष ले सोच्न थाल्यो🤔.. जब उमा मसँग थि त्यसबेला कति हसिलो रातो पिरो अनुहार थियोे, शरीरमा महंगो कपडा हुनुको साथै आफुलाई गहनाले ढपक्क ढाकेकी थिइन।

सन्तोष ले आफुलाई एकोहोरो हेरेको देखेर उमाले अर्कोतिर हेर्न थालिन। त्यसपछि आफुले आफैलाई नियन्त्रण गर्दै भनिन: "अनि तपाईंको हालखबर के छ, हाम्रो बच्चालाई कस्तो छ?"


सन्तोष ले पनि घमण्डको साथ भन्यो: " म पनि एकदम ठिक छु, दोस्रो बिबाह गरेको पनि छ बर्ष भइसक्यो। एउटि छोरी पनि छिन। अनि हाम्रो छोरा रुपेश अहिले नौं कक्षामा पढ्दै छ।" मेरो श्रीमती एकदम राम्री छिन हामी दुई एकदम खुशी छौं। उसले यसो भनेको सुनेपछि उमालाई भित्रभित्रै जलन भयो, तर उनले अनुहारमा केही भाव देखाइन, उनले सन्तोष लाई घोरिएर राम्रोसँग उसको अनुहार हेरिन। यस्तो लाग्दै थियोे जस्तो चालीस बर्षकै उमेरमा उसलाई पच्पन्न बर्षको देखिएको थियोे। शिरको सबै कपाल सेतै फुलेका थिए, मेधी लगाको कारण माथीबाट हेर्दा मात्रै कालो देखीन्थ्यो तर कपालको जरा सेतै थियोे। पेट पनि निकै बाहिर निस्किएको थियोे। त्यसपछि उनीहरु निकै बेरसम्म चुपचाप बसिरहे।


बिबाहको कार्यक्रममा दिनभर दुइजना संग सँगै बसे। तर कुरा यो भन्दा अगाडी भएन। कार्यक्रम सकिएपछि जब दुई जना आआफ्नो घरमा जाने तयारी गर्दै थिए त्यसबेला सन्तोष उमाको नजिक गयो र "एउटा कुरा भनौं?" भन्यो।


के कुरा?


सन्तोषले निराश हुँदै भन्यो: " तिमी सँग जुन जीवन बिताको थिए त्यही नै जिन्दगी थियोे। अहिले त जसोतसो दिन काट्दै छु।"


सन्तोष को मुखबाट यती सुनेपछि उमाको मनमा खुशी र दु:ख दुइटै मिसिएको पोको फुट्यो, उनलाई यस्तो लाग्दै थियोे जस्तो घाटीमा केही कुरा अड्किएको छ।


उमाले आफ्नो आँखामा आउन लागेको आँसुलाई थाम्दै भनी: " म पनि पछुताई राखेकी छु। एउटा जडिया र चौबिसै घण्टा मुखमा खैनी र चुरोट खाइ राख्ने लोग्ने भेटेकी छु। रातदिन रोएर दिन काटी राखेकी छु।"


सन्तोष ले आँखाको डिलभरी आउदै गरेको आँसुलाई लुकाउन अनुहार अर्कोपट्टी बनायो। र भन्यो: " हामी दुइटै काचो उमेरमा बिबाह गर्नुको कारण एकाअर्कालाई बुझ्न नसकेर मुर्ख थियौं। जसले सानो-सानो कुरालाई बढाइ चडाई गरेर छुट्टियौ। आज म तिमीलाई यत्ति नै भन्न चाहन्छु, तिमी धेरै राम्री थियौ तिमीले मेरो अनुहार हेरेर मलाई भोक लागेको कुरा सन्चो बिसन्चो सु:ख सुखको कुरा थाहा पाउथ्यौं। तिमीसँग बिताएका यादहरु सम्झिदै दिन काड्दै छु।


उमा रुन थाली।

रुदै-रँदै भनी: " म पनि त्यही दिनहरुको याद गर्दै बाचिरहेकी छु।" भन्दै उनले झोला उठाइ र त्यहाँबाट हिडि। सन्तोष ले उनलाई त्यसबेला सम्म हेरिरह्यो जबसम्म आँखाबाट ओझेलमा परिनन।।


Comments


bottom of page