"मान्छेको काम नै हो अरूको आलोचना गर्नु"
- Hamro Khoj
- May 30
- 1 min read
"मान्छेको काम नै हो अरुको आलोचना गर्नु"
यदि कुनै व्यक्ति दिनरात मिहिनेत गर्छ,
भन्छन् - "पैसाका लागि मरिराछ।
" र मिहिनेत नगरेर चुपचाप बस्यो भने,
भन्छन् - "नालायक, निखट्टू रहेछ!"
जति कमाएको छ, खर्च गर्यो भने,
भन्छन् - "फजुल खर्च देखाव गर्छ!"
र खर्च नगरी बचत गर्यो भने, भन्छन् -
"कन्जुस, मक्खीचुस!"
जसको साथमा धेरै पैसा छ, भन्छन् -
"दुई नम्बरको धन्दा हो, नत्र कहाँबाट आउँछ यति धेरै पैसा?"
र जसको साथमा थोरै छ, भन्छन् -
"थोरै अक्ल हुन्थ्यो भने आज यस्तो हालत हुने थिएन।"
जिन्दगीभर पसिना बगाएर, दुःख सहेर जम्मा गरेको पैसालाई देखेर पनि भन्छन् -
"के गर्यो धन कमाएर? सुख भोग्नै सकेन, अनि कमाएर के फाइदा?"
संसार यस्तो छ ।
यहाँ तपाईं जे गरे पनि, कसै न कसैले आलोचना गरिरहन्छ।
तर याद राख्नुस् – तपाईंको मेहनत, तपाईंको सपना, तपाईंको संघर्षको मूल्य तपाईंलाई मात्र थाहा छ।
अरुको बोलीमा होइन, आफ्नो आत्माको आवाजमा बाँच्नुस् ।
जीवन तपाईंको हो, हिसाब तपाईंलाई आफ्नो आत्मासँग गर्नु छ, अरु मानिससँग होइन।
Commenti