top of page

प्रिय बालेन (बसन्त पौडेल) लेख रचना

प्रिय बालेन,


तिमी मेरो राजधानीको मेयर हौ।

प्रिय बालेन, तिमी नेपालको भविष्यको प्रधानमन्त्री हौ, कुनै संकोच छैन।

प्रिय बालेन, तिमी युवा को एक खम्बा हौ।

प्रिय बालेन, तिमी एक निडर लिडर हौ।

प्रिय बालेन, तिमी आस्थाको प्रतीक हौ।

प्रिय बालेन, तिमी एक युवा पनि हौ।


तर बालेन, तिमीलाई राम मान्ने धेरै छन्, तर तिमीलाई रावण मान्ने पनि छन्।

बालेन, तिमी यो संघीय लोकतान्त्रिक व्यवस्थाको मेयर हौ। तिमी यो व्यवस्थामा चाहेर पनि धेरै काम गर्न सक्दैनौं, किनकि यहाँ पार्टीको लहरो छ। तिमी यो लहरो चुँडालेरै मेयर बन्यौ, तर तिमीसँगै काम गर्ने सबै पार्टीका कार्यकर्ता र सरकारका कर्मचारी छन्। तिमी एक्लौ, बालेन।

तिमीमा जोश छ, ज्ञान छ, सीप छ, क्षमता छ, र साथमा युवा पनि छ, तर यो सिस्टमले तिमीलाई काम गर्न दिदैन।

बालेन, तिमी युवाहरूको मन र मस्तिष्क बुझिदेउ। तिमीले आफ्नो बाटो रोज्नै पर्छ।

बालेन, तिमी यो देशको प्रधानमन्त्री बन्न चाहन्छौं कि केवल मेयर नै बन्न चाहन्छौं?

बालेन, नयाँ पार्टी खोल्ने काम नगर्नु। तिमीले आफ्नो विचार मिल्ने र तिमीलाई साथ दिने युवाको मन बुझेर एउटा मार्ग रोज्नु।


प्रिय बालेन, तिमी जुन अवस्थामा जे लेख्दा पनि तिमीलाई साथ दिने युवाको मन र मस्तिष्क बुझिदिनु। बालेन, तिमी अहिले केही अफ्ठ्यारो अवस्थामाछौं, तर तिमीलाई सम्हालिनै पर्छ। तिमी हाम्रो भविष्य हौ भन्ने युवा हरुको लागि भएपनि सम्हालिनु, बालेन।

तिमीलाई त्यो बच्चा, जो तिमीको कामको बारेमा केही ज्ञान छैन, तर जसले तिमीलाई चिन्छ, त्यसैले तिमी अब केवल व्यक्ति मात्र भएनौ, तिमी अब राजनीति म प्रवेश गरेको छौ। अब तिमीले यो देशलाई सम्हाल्न सक्छु भने भन्नु पर्छ, “म सम्हाल्छु, मलाई साथ दिनुहोस्।”

नत्र, यो युवा वर्ग धेरै समय कुरेर बस्ने छैन।


बालेन, तिमीले देख्यौ कि जनता कहिले जनयुद्ध, कहिले लोकतन्त्र र कहिले राजतन्त्र भन्न्छन्। तिमीले बुझ्यौ कि यो जे पनि भएपनि, नेपालले राम्रो नेता पाएको छैन। अब केही आशा पलाएको छ। तिमिजस्ता केही युवा छन् जसले देश बनाउन सकिन्छ भन्ने विश्वास जनाएका छन्।


त्यसैले बालेन, एक्लै होइन, समूहमा काम गर्दा राम्रो हुन्छ। तिमी देखिरहेका छौं कि यो देशको युवा निर्यात गरेर यो सरकार आजसम्म आइपुगेको हो।


प्रिय बालेन, जुम्ला, हुम्ला र बारा पर्साका युवा विदेशबाट आउँदा "बालेन सिटी" भनेर बोलिरहेका छन्। त्यसैले अब ती युवाको आस्था र भरोसा मर्न नदिनु, बालेन।


जय देश।

बसन्त पौडेल (हाल दक्षिण कोरिया)

 
 
 

1 Comment


मनै छोयो।

Like
bottom of page